एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मेसिन र माइक्रोवेभ ओभनमा २३% छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्ससँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र इएनएबि मोबाइलएपमार्फत भुक्तानी गर्दा थप १५ सय सम्म छुट पाउने छन् ।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’प्राप्त गरि सकेको छ ।