मौद्रिक नीति खुकुलो गर्न राष्ट्र बैंकलाई भनिसकेको छु – अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीति संशोधन गरी ब्याजदर घटाउन आफू लागेको बताए ।

“अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उनले भने, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” उनले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *