रवि लामिछाने र सिके राउतबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

भेटमा नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

राउत नेतृत्वको जनमत हालको सत्ता गठबन्धनमा भागबण्डामा असन्तुष्टि जनाउदै सरकार बाहिर रहेको छ भने रास्वपा भने फेरी सरकारमा जान छलफलमा रहेको छ ।

पुन: निर्वाचित भएर आएपछि रास्वपा सभापति लामिछानेले आफ्नो राजनितिक भेटघाट तिब्र बनाएका छन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै सरकारमा सहभागी हुने विषयमा छलफल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *