आज पनि देशका पहाडी ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (शुक्रबार) दिउँसो पनि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेका कारण कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आज राति पनि मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसै गरी कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूसहित अन्य प्रदेशका पहाडी भूभागमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *