अर्थतन्त्रमा झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले हालको अर्थतन्त्रलाई ‘झारफुक’ गरेर नहुने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक व्यवस्थाले ठूलो परिवर्तन खोजेको बताए ।

‘अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै उत्साहित त बनाएको छैन । यो सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा यो झारफुक गरेर हामी उम्कन सक्ने अवस्था अहिले छैन,’ उनले भने ।

अर्थमन्त्रीलाई आफ्नो पार्टीको घोषणापत्र बढ्न पनि वाग्लेले सुझाएका छन् । त्यसमा अर्थतन्त्र सुधार गर्न के गर्न सकिन्छ भनेर लेखिएको पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *