कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास गर्न नगराउन सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै आग्रह गरेका हुन् । भ्रष्टचाार लगायत यस्ता घटनाहरूले नेपाली राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको सांसद सिंहले उल्लेख गरे ।
कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् । उनले साजिक संजालमा उल्लेख गरेका छन् ।
प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न दिनुपर्ने बताउँदै उनले भने,‘ यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’