नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम जोडिएपछि तरुण दलको आपत्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको नाम जोडिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै आरजूको नाम जोडेर विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तीगत चरित्र हत्या गर्ने गतिविधि बढेको भन्दै ध्यानाकर्षण जनाएका हुन् ।

नेपाल तरुण दल केन्द्रिय समितीले भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुदा कुनै ठोस प्रमाणबिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध भएकाले सबै सरोकारवालाहरु सचेत रहन आग्रह गरेको छ ।
कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन बढी व्यक्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *