शौचालयमा लडेका आङटावाको उपचार, टाउकोमा १२ टाँका
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम मुझिएपछि उनले प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका थिए ।
एसपी सीताराम रिजालका अनुसार लडेर घाइते भएका सेर्पाको उपचार ट्रमा सेन्टरमा भएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको र हालको अवस्थामा सामान्य रहेकाले उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको छ । सेर्पा एक्कासि शौचालयमा लड्ेपश्चात उपचार गराएर ल्याएपश्चात अहिले परिसरमै बयान दिइरहेको उनको भनाइ छ ।
यस अघि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानब बेचबिखान सम्बन्धि अमानबिय कार्यमा संलग्न आरोपित १३ जनाको अहिले प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सरकारी वकिल कार्यलयमा बयान जारी छ ।, निलम्बित एमाले सांसदले भने बयान दिइसकेका छन् ।
यस प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत प्रहरीको नियन्त्रणमा परिसकेका छन् ।