निजगढ विमानस्थललाई उच्च प्राथमिकता दिन सरकारसंग माधब नेपालको आग्रह
काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ हेर्न सरकारलाई माग गरेका छन् ।
अध्यक्ष नेपालले सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणका लािग सरकारले अघि बढाउने केही छाँटकाँट गरेको छैन । पर्यटकीय क्षेत्र , पर्यटन आवातजावतको केन्द्रविन्दुमा रहेको विमानस्थल निर्माणका लागि आगामी बजेटमा निक्कै प्राथमिकताका साथ हेरर अघि बढाउनु आवश्यक ठानेको नेपालको भनाइ छ ।