भुटानी शरणार्थी प्रकरणबारे सदनबाटै तथ्य खोल्ने उद्‌घाेष गरेका ओली कहाँ हराए ?

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे सदनबाट तथ्य खोल्ने घोषणा गरेकाे केही दिन बित्याे ।

२८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएपनि उनी आज संसदमै गएनन् ।

ओलीले भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु ।’

तर आज ओली सदनमा सम्बाेधन गरेनन् । यसबारे एमाले प्रमुख सचेतक पदम गिरीले भने , ‘प्रधानमन्त्रीको प्रश्नोत्तरको दिन अन्य समय नराख्ने भन्ने अभ्यास रहेछ । त्यसैले अध्यक्ष केपी ओलीको सम्बोधन बिहीबार नहुने भयो, अर्काे दिनमा गर्ने गरी स्थगित गरिएको छ ।,’

संसदमा ४ गते नै प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएपछि ओलीले आफ्नो सम्बोधनको योजना स्थगित गरेकाे बताइएकाे छ। 

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार स्वास्थ्य समस्याका कारण उनी आज संसद जान नसकेकाे बताएका छन । ‘केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । सिटामोल खाएर हिँडिरहनुभएको थियो । आज चाहिँ घरमै आराम गरिरहनुभएको छ’, बजगाईंले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *