रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगरेको पत्र सर्वोच्च अदालतलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष एवम सांसद रवी लामिछानेले पुनः नागरिकता प्राप्त गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी राहदानी त्यागेको निस्सा पेश नगरेको पुष्टी भएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाणित निस्साको माग भएकाले उक्त राहधानी त्यागसम्बन्धी निस्सा काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा सम्बन्धित नभएको जानकारी सर्वोच्च अदालतलाई गराएको छ । अदालतको चलानी संख्या ४३३९० मिति २०८०/१/ २७ को पत्र अनुसार निवेदक युवराज पौडेल सफल र विपक्षी महान्याधिवक्ता कार्यालय काठमाण्डौ समेत भएको उत्प्रेषण (मुद्दा नं ०७२wo(१०८७_) को रिट जारी छ ।