चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

काठमाडौं । शेन्झाउ–१६ क्रुड स्पेसशिप र लङ मार्च–२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ ।

मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ ।

प्रक्षेपण स्थलमा उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व–प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको छ ।

स्पेसशिप निकट भविष्यमा उपयुक्त समयमा प्रक्षेपण गरिने पनि एजेन्सीले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *