नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले र कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गराएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई मंगलबार राष्ट्रपति पौडेलले नियुक्ती गरेका थिए ।नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *