यी हुन् मन्त्रिपरिषद बैठकले शुक्रबार र आइतबार गरेको निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शमाृले पत्रकार सम्मेलन आयोजना गर्दै आज आइतबार र शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण १२ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन् १२ निर्णयहरु

१ राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी श्री अनिता ढुंगानालाई नियुक्त गर्ने ।

२ क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

३ ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

४ सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने ।

५ मध्य तमोर जलविद्युत आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने ।

६ लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
७ नागरिकता विधेयक प्रमाणीकरण गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

८ तनहुँ जलविद्युत आयोजना, उर्जा प्रणाली विस्तार आयोजना, ग्रीड विकास आयोजना र नेपाल वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका LIBOR सन्दर्भ दर अनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा Forward Looking Term SOFR का आधारमा ब्याजदर निर्धारण गर्ने गरी वित्तीय सम्झौता संशोधन गर्न स्वीकृति प्रदान गर्ने ।

९ २०८० जेड ३०–३२ मा भारतको कालकत्तामा आयोजना हुने विमस्टेक ब्यापार सम्मेलनमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने ।

१० विमस्टेक भविष्यको कार्यदिशाका लागि प्रवुद्ध व्यक्तिहरुको समूह (Eminent Person’s Group on the Future Direction of BIMSTEC) मा नेपालका तर्फबाट पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत/स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई मनोनय गरी पठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।

११ रासायनिक पदार्थको सुरक्षित प्रयोग, नियमन तथा जोखिम व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने ।

१२ काठमाडौं कीर्तिपुर नगरपालिका ७ निवासी श्री उपेश महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकार २ (दुई) वर्षका लागि नियुक्त गर्ने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *