बिन्धवासिनी सहकारीले सदस्यको आय आर्जनमा टेवा पुर्‍याउने लक्ष्य


काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशिलता विकास गरी आयआर्जनमा टेवा पुर्याउने भएको छ । संस्थामा आवद्ध सदस्यहरुमा सिप विकास गरी उनीहरुको जिवनस्तरमा सहयोग गर्न संस्थाले विभिन्न तालिमको आयोजना गरेको छ । संस्थामा आवद्व सदस्यहरुको आयस्तर तथा क्षमता अभिवृद्वि गर्ने उदेश्यका साथ २ दिने उद्यमशिलता तथा सीप बिकास तालिम अन्तरगत आलुको चिप्स बनाउने तालिम दिएको छ ।

संस्थाका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमितिका संयोजक रामहरि शर्मा तिमल्सिनाको सभापतित्व एवं संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाको कर्पोरेट कार्यालयको हलमा तालिम सम्पन्न भएको छ । कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष रामहरी तिमल्सिनाले, संचालक समितिका सदस्य प्रकाश बहादुर कायस्थ लगायत प्रशिक्षक तथा व्यवसायी ईच्छाराम दाहाल ले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *