भारतीय संसद् भवनमा किन राखियो नेपालको भूभाग रहेका नक्सा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि तीन दिने भारतको भ्रमण गर्दैछन् । तर प्रचण्ड भारत जानुअघि त्यहाँको नयाँ संसद् भवनमा राखिएको नक्साले नेपालमा तरंग सिर्जना गरेको छ ।

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतमबुद्ध जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको छ । जसलाई लिएर व्यापक बहस सुरु भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको छ । यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो ।

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतमबुद्ध जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको हो । जसप्रति नेपालका नेता, पत्रकार, बुद्धिजीवी सबैले आपत्ति जनाइरहेका छन् । प्रचण्डले भारत भ्रमणका बेला आफ्ना समकक्षीसँग चासो राख्नुपर्ने सबैको आग्रह छ ।

भारतको यो कदमलाई लिएर लिएर परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेका छन् । परराष्ट्रले यसबारे बुझ्ने काम भइरहेको जनाएको छ । अखण्ड भारत नक्सामा नेपालको मात्र होइन, पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ । पाकिस्तानमा पनि यो विषयलाई लिएर सनसनी मच्चिएको छ ।

तर भारतका केन्द्रीय संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले अखण्ड भारतको संकल्प स्पष्ट रहेको उल्लेख गरेका छन् । भाजपा लोकसभा सांसद मनोज कोटकले नयाँ संसद्मा अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको दाबी गरेका छन् । जतिबेला भारत वर्ष थियो, त्यसबेला नेपालको अस्तित्व नरहेको तर प्राचीन ठाउँहरु भने रहेको भारतीय मिडिया र पत्रकारको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *