सांसद विकास कोषलाई व्युँताएकाे भन्दै बालेनको तिखो ब्याङग्य प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको तहमा आएको तिखो ब्याङ्ग प्रहार गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि मेयर बालेनले यस्तो बताएका हुन् ।

‘सांसद विकास कोष पाएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको कुरा उनले सामजिक संञ्जालमा उल्लेख गरेका छन् । वडा अध्यक्ष बन्ने भएका सांसद बन्नुको कुनै अर्थ नभएको बताएका छन् ।

सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमाअर्थम न्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेजी समेत गरेका थिए ।

प्रत्यक्ष निर्वाचित सांसदहरुले के पैसा खर्च गरेरमात्र सांसद जित्ने हो ? कामका आधारमा मुल्याङकण जनताले गर्छन । पैसा खर्चगरेर निर्वाचन जित्ने परम्पराको अन्त्य हुनुपर्छ ।

अर्थमन्त्री महतले बजेटमा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्रीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *