मछिन्द्र पुलिससँग पराजित, चर्च ब्वाइजलाई उपाधिका लागी सजिलो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २ १ ले पराजित भएको छ च्यासल रंगशालमा आइतबार भएको खेलमा मोसेस ट्वामले दोस्रो हाफमा दुई गोल गरेपछि पुलिसले मछिन्द्रमाथि पुनरागमन जित निकालेको हो । आफिज ओलावाले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए पनि कायम राख्न सकेन । ७५औं मिनेटमा मोसेसले पुलिसका लागि बराबरी गोल फर्काए । ८१औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई जित दिलाए । मछिन्द्रका लागि ओलावाले अफिजले खेलको इञ्जुरी समयमा राम्रो प्रहार गरे पनि त्यो बल दोस्रो बार हुँदै बाहिरियो । सोही थप गरिएको समयमा मछिन्द्रका खेलाडीले ह्याण्ड बलको माग गरेका थिए, तर रेफ्री प्रज्वल क्षेत्रीले भने उक्त निर्णय लिएनन् ।

सोही निर्णयलाई लिएर मछिन्द्र क्लबका खेलाडी विवादमा उत्रिएपछि आशिष श्रेष्ठको रातो कार्ड खाए । खेल सकिएपछि म्यानेजरदेखि सबैले खेल सकिएपछि रेफ्रीसँग विवाद नै गरे । पोष्टम्याचमा मछिन्द्रका प्रशिक्षक किशोर केसीले रेफ्रीको निर्णयले गर्दा आजको खेल प्रभावित भएको आरोप लगाए । ‘आजको खेलमा रेफ्रिको निर्णय चाँही साह्रै नै घिनलाग्दो देखियो । यस हारले मछिन्द्रको लगातार तेस्रो पटक लिग जित्दै उपाधिमा ह्याट्रिक गर्ने योजनामा ठूलो धक्का लागेको छ भने शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडलाई सजिलो भएको छ । मछिन्द्रमाथि ५ अंकको अग्रता कायम राखेको चर्च ब्वाइजले अब बाँकी दुई मध्ये एक खेल जिते स्वत च्याम्पियन हुनेछ । २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । समान खेलबाट मछिन्द्रको ३९ अंक छ । पुलिसले पनि मछिन्द्रलाई हराएपछि तेस्रो स्थानको जावालखेल युथ क्लबको समान ३७ अंक जोडेको छ र शीर्ष तीनमा लिग सकाउने सम्भावना बलियो बनाएको छ । पुलिस हेड टु हेडमा भने जावलाखेल भन्दा पछि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *