डिएलए नेपालको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न शेरबहादुर र शेखर चितवनमा

चितवन।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र शिर्ष नेता शेखर कोइराला चितवन पुगेका छन्। नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

सो कार्यक्रमको उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनी स्थित होटल स्टार बैङ्कुटमा हुँदै छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन शनिबार सकिनेछ । नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्।

नेतृत्वका लागि काङ्ग्रेसका दुई पक्षबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि सिताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्। रावल सभापति देउवा निकट हुन् भने केसी कोइराला निकट हुन्।

महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट १ हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *