पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । देउवाले एक सातासम्म सिंगापुरमै पेट र आँखाको उपचार गराउने छन् ।
पार्टी सभापतिको अनुपस्थितिमा कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम सभापति देउवा स्वदेश नफर्केसम्म खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
