बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित , नेपाली सेनाद्वारा एक दर्जनभन्दा बढीको उद्धार

काठमाडौँ । गत असार २ गते राति परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित भएको छ ।

प्रभावित इलाकाहरूमा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाली सेनाका अनुसार पाँचथर जिल्ला, याङवरक गाउँपालिका, वडा नं : १ स्थित खोलाघारी गाउँबाट पहिरोमा फसेका १० जना स्थानीय व्यक्तिहरुलाई आज आषाढ ०४ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार गरी विष्णु मा।वि। च्याङथापुमा ल्याइएको छ । त्यस्तै पाँचथरकै फिदिम नगरपालिका वडा नं: ४ र हिलिहाङ्ग गाउँपालिका वडा नं : ५ को बीचमा पर्ने माझिटार ईलाकामा हेवाखोला र तमोर नदीको किनार, हेवाखोला किनार र माउण्टेन बी हाइड्रो ईलाकामा नेपाली सेना सहितको टोलीले खोज तथा उद्धारको कार्य गर्नुका साथै माझिटार बस्तीको बासिन्दाहरूको खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, फर्निचरका सामानहरू लगायत अन्य विविध सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उता सङ्खुवासभा जिल्लास्थित हेवा खोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका, वडा नं: ४, दोभानेबाट ६७ कि।मि। उत्तर पूर्वमा रहेको सुपर हेवाखोला हाइड्रो पावरको मजदुर बस्ने क्याम्प तथा हाइड्रो पावरमा क्षति पुर्‍याउनुका साथै हाइड्रो पावरमा काम गर्ने कामदार १ जनाको मृत्यु, ३ जना घाइते तथा २१ जना बेपत्ता भएको हुँदा नेपाली सेनाको खोज तथा उद्धार टोलीले घाइते ३ जनालाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेपत्ता भएका कामदारहरूको खोजी कार्य जारी राखेको छ ।

खोज तथा उद्धार गर्ने क्रममा सोमबार धनकुटा जिल्ला, छथरजोरपाटी गाउँपालिका वडा नं: ४ तेलिया भन्ने स्थानमा भेटिएको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको सेनाको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *