साताको अन्तिम दिन सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ ।

बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए ।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *