उपप्राध्यापक प्रेम चलाउनेले गरे अनशन स्थगित
काठमाडौं । अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गरेका छन् । बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि अनसन स्थगित गरेका हुन् ।
उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशनमा थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गरेको उनको भनाई छ ।
उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघका अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा सांघातिक हमला भएको थियो ।