सहकारीमा देखिएको समस्या समाधान नभएसम्म बागमतीमा सहकारी दर्ता बन्द


काठमाण्डौं । बागमती प्रदेश उद्योग,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारीका बर्तमान समस्या हल नभएसम्मको लागि प्रदेश सरकारले सहकारी दर्ता रोकेको बताएका छन् । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले सयुक्त रुपमा आयोजना गरेको ‘प्रदेश सहकारी ऐन, नियमावली कार्यान्वयन र संशोधनमा साझा पहल’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले सहकारीका समस्या हल नभएसम्म दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको बताए । त्यसैगरी सहकारीप्रति आम सदस्यको विश्वास टुटेको भन्दै उनले सरकार र अभियानको साझा प्रयास बाट पुनः सदस्यको विश्वास जागृत गर्नुपर्ने उल्लेख गरे । ‘केही सहकारीले गरेको बदमासीका कारण आम सहकारीमा विश्वासको संकट आएको भन्दै उनले सहकारीप्रति सदस्यको विश्वास फर्काउन आवश्यक रहेको बताए । विश्वासको संकटका कारण राम्रा र नराम्रा सबै सहकारीलाई सदस्यले एउटै डालोमा हालेर हेर्ने गरिएको उनको भनाई छ ।

बैंकले पनि सबै निक्षेपकर्ता एक् पटक निक्षेप फिर्ता लिन आए भने दिन नसक्ने भन्दै विश्वासको कमीले सहकारीमा अहिले त्यस्तै अवस्था सृजना भएको उनले जनाए । सहकारीले समाजवादोन्मुख अर्थतन्त्रलाई टेवा पुर्याएको र बागमती सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले जानकारी दिए । आगामी आर्थिक बर्षको बजेट बक्तव्यमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गर्ने कुरा आएको र काठमाडौंमा नै कार्यालय खोल्ने योजना रहेको उनको भनाई छ । प्रदेशमा काठमाडौंका सहकारीको धेरै उजुरी आएको उनले बताए । पालिकास्तरका सहकारी ऐननियममा एकरूपता ल्याउन आवश्यक रहेको भन्दै त्यसका लागि बागमतीमा रहेका ११९ तहबीच छलफल तथा अन्तरक्रिया सञ्चालन गने समेत मन्त्री मर्हजनले उल्लेख गरे । बागमती प्रदेश सहकारी संघले १४ बुँदे ऐन र ४ बुँदे नियामवली संशोधनका लागि अगि सारको भए पनि मन्त्री मर्हजनले यसलाई अर्झ परिस्कृत गरेर ल्याउन सुझाव दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *