६ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ सामान्य ओराले लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) को तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाले घटेको हो ।
आज छापावाल सुन प्रतितोलामा १ लाख ९ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । हिजो बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार र तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको भाउ तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।