गुल्सन र सन्दीपको उत्कृष्ट साझेदारीसगैँ नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले अर्धसतकीय पाली खेले । उनले अविजित ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन जोडे । सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका थिए । उनी आठ रन बनाउँदै आउट भएका हुन । उनको विकेट क्रेग योङले लिए । त्यतिबेला नेपालले ८.१ ओभरमा २७ रन बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *