प्रभु महालक्ष्मी लाइफमा ७ जना सञ्चालक मनोनित


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। दुबै कम्पनीबाट प्रतिनिधित्व हुनेगरी ७ जना सञ्चालक चयन भएका हुन् । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका हुन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

२०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकीकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ। संचालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *