फेकनमा निरौला नेतृत्वको प्यानल विजयी
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा जम्मा एससय १९ मत खसेकोमा अध्यक्ष पदमा निरौलाले एकसय आठ मत प्राप्त गरेका थिए भने प्रज्वल बस्नेतले जम्मा ११ मत प्राप्त गरेका थिए ।
त्यस्तै, अन्य पदाधिकारी तथा सदस्यहरु बीचमा भएको प्रतिस्पर्धामा पनि निरौलाको प्यानलमा रहेका सबै उम्मेदवारहरुले बस्नेतको प्यानलमा उठेका उम्मेदवारहरुलाई पराजित गरेका छन् । फेकनले नेतृत्व चयनका लागि विधानअनुसार प्रत्येक दुई वर्षमा साधारणसभा मार्फत् नेतृत्व चयन गर्ने गर्छ । नवनिर्वाचित निरौला अध्यक्षताको नयाँ कार्यसमितिले आगामी दुईवर्षसम्म फेकनलाई हाँक्ने छ ।