हिमालयन बैंकले गर्‍यो मृत्यृ बिमा दाबी रकम भुक्तानी


काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएकोले उनकी पत्नी विमला गुराँगाईलाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरूबीच उक्त चेक हस्तान्तरण गरेकी हुन् ।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यृ बिमा खरिद गरेको हो । मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी रहेको पनि ताइएको छ । हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बिमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बिमा सुविधा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *