नबिल बैंक ३९ औँ वर्षमा प्रवेश
काठमाडौं । नबिल बैंक आजभन्दा ३८ वर्षअघि स्थापना भएको बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको बैंकले जनाएको छ । वि.सं. २०४१ सालमा स्थापना भएको बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व उद्योगी विनोद चौधरीले खरिद गरेका हुन् । नबिल बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना कार्यरत छन् भने अध्यक्ष उपेन्द्र पौड्याल छन् । भरोसा आर्थिक विकास र राष्ट्र निर्माणको नारासहित आफ्नो बार्षिकोत्सव मनाउने बैंकले जनाएको छ । बैंकका अनुसार २६४ वटा शाखा कार्यालयमार्फत् २० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको कूल सम्पत्ति ४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । साथै, ३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको बैंकले जनाएको छ ।