प्राइम बैंकले एकैपटक साढे १३ लाख कित्ता सेयर बेच्दै


काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक समूहको साढे १३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको साउन ३ गतेदेखि १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय २० रुपैयाँ तोकेको छ ।

बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकको सेयरमा साउन १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा प्रभु क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *