सीटीईभीटी अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हट्यो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्वास्थ्य शिक्षातर्फ तीनवटा विषयमा अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हटेको छ ।

सीटीईभीटीले बिहीबार सूचना जारी गर्दै नर्सिङ, एचए र फार्मेसीको बढाइएको शुल्क तत्कालका लागि स्थगित गरिएको जनाएको छ । सीटीईभीटीले नर्सिङमा डेढ लाख, फार्मेसीमा साढे ८६ हजार र एचएमा एक लाख १९ हजार रुपैयाँ बढाएको थियो ।

पुरानो शुल्कअनुसार नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क क्रमशः चार लाख ७५ हजार, चार लाख चार हजार र तीन लाख ३७ हजार छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *