ओलीका कारण घण्टीको उदय भयोः भुसाल


विराटनगर । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् । उनले चरम गुटबन्दी र एकले अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारेको जिकिर गरे ।

प्रधानमन्त्रीले महिनामा तीनपटक मात्रै राम्रा कुरा गर्दा तीन करोड जनतामा सकारात्मक सन्देश जान्छ, राम्रो सोचाइ बन्छ, भुसालले भने, तर, ओलीजीले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको जस्तो गरेर उडाउनु भयो । विदेशीसँग गरिने व्यवहार हेरेर नै उहाँको राष्ट्रवादबारे थाहा भइहाल्छ नि ।

ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनको भनाइ छ । दुईतिहाइको सरकार ढलेकै कारण घण्टीको उदय भएको भन्दै भुसालले एमाले नर्कको बाटोतर्फ लागेको टिप्पणी गरे । उनले एकीकृत समाजवादीको वडादेखि नै अब बन्ने पदाधिकारीले पाँचवर्षे खाका ल्याउनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *