महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो
काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ ।
सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इटालीको जितमा खेको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेल्लीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि इटालीले समुह जी मा महत्वपूर्ण ३ अंक हासिल गर्दै विश्वकपमा शानदार शुरुवात गरेको छ ।
यस समुहमा रहेको स्विडेनले दक्षिण अफ्रीकालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । स्विडेनले दक्षिण अफ्रीकालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।