साफ यू-१६ र यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौं । सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिप र सेप्टेम्बर २१-३० सम्म नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ ।
साफ यू-१६ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले सेप्टेम्बर ३ मा बंगलादेशसँग खेल्नेछ । खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा साँझ ६ः४५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल सेप्टेम्बर ५ मा भारतसँग दिउँसो २ः४५ बजे सोही रंगशालामा खेल्नेछ ।
यस्तै साफ यू–१९ च्याम्पियनसिपमा आयोजक नेपालले सेप्टेम्बर २१ मा दशरथ रंगशालामा साँझ ५ः३० बजे पाकिस्तानसँग खेल्नेछ भने सोही दिन दिउँसो १ः३० बजे भारत र बंगलादेश भिड्नेछन् ।
नेपालले दोस्रो खेल सेप्टेम्बर २५ मा माल्दिभ्ससँग दिउँसो १ः३० बजे खेल्नेछ ।