धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बारा । बारामा ससुरालीमा बस्दै आएका एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई हत्या गरेका छन् ।

सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन्।

स्थानीय जाहिर चुडीहारका ज्वाँइ भारत बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडीहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए।

राज चुडीहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएका छन्। श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन्।

श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले जानकारी दिए। मृतकका दुई छोरा र एक छोरी छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *