नेट ईन्टरनेट ।।
कस्तो दिन आयो कस्तो दिन आयो
आफन्त नभेट्दा रुने दिन आयो ।
बुढा बुढीले आफन्त खोज्ने दिन आयो ।
बृद्धा भईयो स्याहार चाहियो
सहारा चाहिने बेलामा आश्रम पाईयो ।
छोरा छोरी सबैमा शिक्षा दीक्षा भाको
अहिलेको शिक्षामा दयाँमाया नभाको ।
अहिलेको ज्ञान भयो नेट ईन्टरनेटमा
परीवारसँग पनि कुरा हुन्न भेटमा ।
बुढा बुढीलाई परीवारको चाहना
परिवार गर्छ फुर्सद छैन बहाना ।
बुढाबुढी भईयो मन लाग्छ घुम्न
छोराछोरी भन्छन जाउँ पाठ सुन्न ।
बुढो भईयो सकिएन हिड्न परीयो थलो
कसैले पनि गरेनन् हाम्रो भलो।
बुढालाई दिदैनन् चासो
उनिहरुको ओठमा छ हाँसो ।
राम्रो लाउँन पाईन टालो
तिमिहरुको पनि आउँछ पालो ।
भन्छन बृद्धा भत्ता कता लान्छस्
ओखति गर्न म सँग माग्छस् ।
बृद्ध भत्ता आउने दिन सबै खुसि भएका
घरमा तरकारी बनाई मासु पनि दिएका ।
नाति नातीनाको मायाँ लाग्छ आउँधि
बेलामा दिने छैन मलाई ओखति ।
सुर्यविनायक नगरपालिका ३ नं
बालकोट ।