भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा दुवाडी


काठमाण्डौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्त भएका छन् । नवनियुक्त सचिव दुवाडीलाई राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो अवसरमा सचिव दुवाडीले सहकारी क्षेत्रको असल अभ्यासलाई अझै विस्तार गर्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने बताए । ‘सहकारी क्षेत्रको समस्या तत्काल सबै मिलेर सम्बोधन गर्नुपर्छ ।

यो क्षेत्र बिग्रँदा समग्र अर्थतन्त्र डुब्छ । त्यसैले मन्त्रालय अभियानसँग हातेमालो गरेर अगाडि बढ्ने छ’ उनले भने । स्वानियमदेखि सहकारीको मुल्यमान्यता, सिद्धान्तको परिपालना गराउने विषयमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । सहकारी क्षेत्रको समस्या सम्बोधन गर्नका लागि ऐनको कार्यान्वयनमा उनले जोड दिए । सहकारीमा देखिएको समस्या सम्बोधन गरेर विश्वास आर्जन गर्ने वातावरण निर्माण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । सरकारले यस अघिका सचिव डा. दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *