मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *