सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघ मोरङका अध्यक्ष निलम्बत

काठमाडौं । नेपाल जिध्यार्थी संघ (नेविसंघ)ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि पोखरेलसहित केही नेता कार्यकर्तालाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *