एमालेले सदन चल्न दिने, सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरे अवरोध गर्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले सबै दललाई आफ्ना कुरा राख्न दिने भएको छ ।
एमालेले मंगलबारको बैठकमा सबैको धारणा सुनेर गृहमन्त्रीको जवाफको प्रतिक्षामा रहने जनाएको छ ।सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ–आफ्नो कुरा राख्न दिने भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनका अनुसार सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरे पुनः संसद बैठक अवरोध गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।