जुनसुकै गाडीसँग हुण्डाईका नयाँ गाडी साट्न सकिने


काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ । साउन १८ बाट यस्तो अफर सुरु भएको कम्पनीले बताएको छ । पाँच प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा यस्तो अफर ल्याइएको कम्पनीले बताएको छ । ग्राकहले आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एक्सचेञ्ज अफर काठमाडौंको अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेजसँगको सहकार्यमा सञ्चालन भइरहेको कम्पनीले बताएको छ । यो योजनामा ग्राहकलाई हुण्डाईको विभिन्न मोडलहरुमा पाँच लाख रुपैयाँसम्म नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज उपलब्ध हुने कम्पनीले बताएको छ । हुन्डाईका सबै गाडीमा तीन वर्षको वारेन्टी र वर्षको फ्रि सर्भिसिङ्ग सेवा उपलब्ध रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *