सिक्‍वेल फाउन्डेसनलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्‍वेल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालमा पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायीक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरूलाई सर्टिफाइड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तिकरण गर्न केन्द्रित रहेको बताइएको छ ।

युवतीहरूलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगीसीप प्रदान गर्ने उद्देश्यले सञ्चालित प्रोजेक्ट किशोरीलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले सहयोग गरेको थियो । प्रोजेक्ट किशोरीले युवतीहरूलाई आवश्यक रूपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्छ भने प्रोजेक्ट सिल्पले अघिल्लो समूहबाट सर्टलिस्ट गरिएका युवतीहरूलाई कामका लागि आवश्यक सीप प्रदान गर्छ । सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजमा उच्च शिक्षा हासिल गरेका २०० भन्दा बढी युवतीहरुलाई लाभान्वित बनाउने प्रोजेक्टको मुख्य लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख वर्षा पिल्लाई सिक्वले फाउन्डेसनसँगको सहकार्यले पिछडिएका युवतीहरुका लागि शिक्षालाई निरन्तरता दिन हौसला मिल्ने बताइन् । ‘उनीहरुलाई प्रदान गरिने जीवन उपयोगी सीपले तिनका परिवारकोजीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ’, उनले भनिन्, ‘आउँदो पुस्तालाई सिक्न, कमाउन र बढ्नका लागि सशक्तीकरण गर्ने उद्देश्यले हाम्रो विश्वव्यापी पहल ‘युचरमेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’सँग यो परियोजनामा जोडिएका हौँ । सिक्‍वेल फाउन्डेसनकी प्रबन्ध निर्देशक आस्था शर्माले स्ट्यान्डर्ड बैंक नेपालको सहयोगप्रति आभार प्रकट गरिन् । ‘यो परियोजनामा बैंकले गरेको अमूल्य सहयोग त्यस्ता पिछडिएका युवतीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरक साबित हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *