गोरखामा पुगेर खानी विभागको टोली चम्किलो ढुंगा परीक्षण गर्ने तयारीमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षण गर्न खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा पुगेको छ ।

सोमबार उक्त ढुङ्गा परिक्षणका लागि जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे गोरखा पुगेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाका अनुसार मंगलबार उक्त ढुङ्गा परिक्षण गरिने भएको छ ।

विभागले आवश्यक उपकरणसहित जिल्लामै गएर उक्त ढुङ्गा परिक्षण गर्न विज्ञ टोली पठाएको हो ।गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले बरामत गरेको ५४ किलोको ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त ढुङ्गाको महत्वका वारेमा अनुसन्धानपछि मात्र निष्कर्ष निस्कने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । । भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा भएको जनाएको छ । बाहिर लगेर परिक्षण गर्ने तयारी गरेको उक्त ढुङ्गा बाहिर लान नहुने भन्दै स्थानीयले अवराेध जनाएपछि अहिले विज्ञको टोली परिक्षणका लागि गोरखा नै पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *