सभामुखद्धारा सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक आह्वान
काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक आह्वान गरेका छन् ।
मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा भएको छलफलपछि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार केहीबेरमा बस्ने उक्त बैठकमा सदन सञ्चालनकै विषयमा छलफल जनाइएको छ ।

















