रोल्पामा बस दुर्घटना दुईको मृत्यु १५ घाइते

काठमाडौं । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत पर्ने तिला नजिक ऋचिमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए ।

बस सडकदेखि करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *