गौर हत्याकाण्डबारे डा. भट्टराईको प्रश्न – १७ वर्षअघि भएको हत्याकाण्डका दोषिलाई सरकारले कारबाही गर्न सक्ला ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक संजालमा एक पोस्ट गर्दै गौरहत्या काण्डमा केही गर्न नसकिएको बताएका छन् । बुधबार डां भट्टराईले गरेको पोस्टमा ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर गौरहत्याकाण्डबारे चाहेर पनि केही गर्न नसकिएको उल्लेख छ ।

२७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

उक्त सहमतिपश्चात डा.भट्टराईले अनुसन्धान गरि कारबाही गर्ने पक्षमा सहमति भएपनि जनताले सत्ता सक्तीको आडमा रहने र दोषीलाई उम्काउने काम गर्ने सरकारले गर्दै आएको आश्वासन जनताका लागि झुट्टो भएको बताएका छन् । ‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नभएको समेत उनले उल्लेख गरेका छन् ।

गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको नभएको उल्लेख गर्दै डा. भट्टराईले विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना नभएको दावी समेत गरेका छन् ।
यस्तै भट्टराईले १७ वर्षअघि भएको हत्याकाण्डका दोषिलाई पत्ता लगाएर सरकारले कारबाही गर्न सक्ला ? भनेर प्रश्न समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *