दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित कपन साततले खहरे खोलामा बनेको संरचना भत्काउन गएको टोली फर्किएको छ ।

कपन खोलामा बनेको संरचना भत्काउन गएको काठमाडौं महानगर प्रहरीको टोली ६ घण्टा बसेर फर्किएको हो ।

काठमाडौं महानगरका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएसँगै तत्कालका लागि उक्त स्थानमा शान्त भएको हो । महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षबीच झडप भएको थियो ।

दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक र नापी विभागको टोलीले खोलाको क्षेत्र नापजाँच गर्ने सहमति भएको छ ।

त्यसपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि नगर प्रहरी टोली फर्किएको हो । यसअघि काठमाडौं नगर प्रहरी राजुनाथ पाण्डेले आफूहरू मेयरको निर्देशन मान्ने भन्दै खोला खोलेर जाने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *