आजबाट सिम्रिक एयरको सबै उडानमा रोक


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । सिम्रिकले आर्थिक वर्ष २०७९।०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नु पर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो ।

बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाएको हो । प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ । बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए । फाइनान्सियल अवस्था धेरै कमजोर देखियो । यसले जहाजको सामग्री खरिद गर्दा गुणस्तरमा र कर्मचारीहरूको तलब भत्तामा सम्झौता हुनसक्छ । उडान सुरक्षाको हिसाबले पनि गम्भीर देखिएपछि हामीले उडानमा रोक लगाएका हौँ । यसमा कुनै पूर्वाग्रह छैन । जुन दिन ४६ लाख बक्यौता चुक्ता हुन्छ त्यसै दिनबाट उडान सुरु हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *