उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गरिनेछ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली गरिबीका कारण उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्वता गरेका छन् ।

आफूले स्वास्थ्यमन्त्रीमा पदबहाल गरेको एक सय दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक कार्यक्रममा उनले यसमा मन्त्रालयले पहल गरिरहेको बताए ।

उनले सरकारले सुर्तीजन्य पदार्थबाट प्राप्त गरेको ६ अर्वभन्दा बढी रकम स्वास्थ्य मन्त्रालय दिन माग गर्दै उक्त रकम क्यान्सरका विरामीको उपचारमा खर्च हुने बताए ।

‘यस वर्ष बजेटमा मन्त्रालयलाई २० प्रतिशत कम बजेट आएको छ, तर हामीले भएको स्रोतसाधन परिचालन गरेर स्वास्थ्य सेवा सहज बनाउँछौ,’ मन्त्री बस्नेतले भने, ‘दुर्गमका मानिसले स्वास्थ्यकर्मीको अनुहार देख्न नपाउने अवस्था थियो, त्यसको अन्त्य भएको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *